पहाडमा जन्मेर तराईमा हुर्कियो
दुःखमा साथ दियो न कहिल्यै तर्कियो
पूर्ब, पश्चिम, उत्तर, दक्षिण दौडिरहयो
जिन्दगीको सागरमा एक्लै पौडिरहयो ।
कोही भन्छन् नाम के हो- कहाँ हो घर
जहाँ टेक्छु त्यही भन्छु मेरो आफ्नै घर
मेरो आफ्नो भन्ने कोही छैन कुनै चीज
त्यसैले त एक्लै छु दुनियाँको बीच
छैन मेरो कुनै स्थायी नाम र ठेगाना
कसैले सोध्दा हेर्नु पर्छ मलाई जोगाना
चिनेकालाई भनीदिन्छु नाम मेरो नीर
लमजुङ्गे हुँ बसाई मेरो चितवनतिर
अन्जानीले सोधे बोलिन्छु म हाँसेर
थाहा नहोस् मुटुमा ब्यथा राख्छु साँचेर
आज भेट्छु भोलि त हुन्न एकै ठाँउ
जहाँ गएपनि त पाउछु अनेक नाँउ
बोली मेरो छैन कुनै प्रभावशाली
हुने भन्दा नहुने बोल्छु म खाली
दुनियाँलाई देखाउछु हजार रुप बरु
दुःख सम्झे हुन्छ आफै जलेर मरु
त्यसैले त खाली छ मुखमा मेरो हर्ष
क्हिले कही त झरिदिन्छ आँशुको वर्षा
तैपनि जिन्दगीले बाटो देखेको छु
धेरैपछि अजि दुई शब्द लेखेको छु
नीर शब्द आँशु हो झरेर नसकिने
मोति भन्छन् कसैले किन्नै नसकिने
कही सागर बनेर रहेको छ मूल्यहिन भई
कही खोजिरहेछन् चाहिदा झर्ने नभई
अर्को शब्दमा पानी हो बगेर जाने
सबको जीवनमा यो सधै चाहिने
मित्र गरे सबैको सधैं राम्रो हुने
शत्रु भए पहाडै थर्काएर लाने ।
तेस्रो शब्द शान्तिको रंग हो निलो
राख्नु हुन्न सधै यसलाई ढिलो
नीरले सेतो कपडामा हराईदिन्छ दाग
भन्छु सबलाई अब सपनाबाट जाग ।
Posted on:2009-04-28 03:24:02
Post your Comments